वकिलहरूको आन्दोलनले गलेनन् जबरा

काठमाडौँ । तीन दिनदेखि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानून व्यावसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम गर्दैछन् । उनीहरूले मंगलबार तेस्रो दिनको विरोधलाई पनि जारी राखेका छन् ।

प्रधान न्यायाधीश जबरालाई राजीनामा दिन वकिलहरूले दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन हो । नेपाल बार एशोसिएशनको अगुवाइमा कानून व्यावसायीहरूले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।

प्रधान न्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएशनले उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि एक घण्टा धर्ना दिँदै आएको छ ।

आजसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने निर्णय नेपाल बार एशोसिएशनको तयारी छ । तर प्रधान न्यायाधीश जबरा गलेका छैनन् । उनले कसैले माग्दैमा राजीनामा नदिने अडान राख्दै आएका छन् ।

वकिलहरूले राजीनामा मागेपछि प्रधान न्यायाधीश जबराले भने आफूले ‘सम्मानजनक बहिर्गमन’ चाहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *