एनआईबीएल सहभागीता फण्डका लगानीकर्तालाई चाँदीको सिक्का उपहार !

काठमाडौं । एनआईबीएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहार पाउन सकिने भएको छ ।

एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको  अवसरमा लगानीकर्तालाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबीएल सहभागिता फण्डमा लगानी गरी चाँदीको सिक्का उपहारमा पाउने अवसर ल्याएको हो ।

सो योजना अन्तर्गत धनतेरसको दिन एनआईबीएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागीहरुबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिनेछ र सोको विजेता घोषणा फेसबुक लाइभमार्फत गरिने छ ।

अनलाईन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले मगंलबारका लागि कारोबारको समय पनि ३ घण्टाले थप गरी बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म इकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *