सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौँ । कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका- २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यसपछि बैंकको शाखा कार्यालयहरूको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *