मालिका र बेलबारीमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम संचालन

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कार्तिक १५ गते एकै दिन विभिन्न तीन स्थानमा युवासँग महालक्ष्मी लाइफ, बीमा जागरण कार्यक्रम संचालन गरेको छ ।

मोरङको बेलबारीस्थित बेलबारी अपाङ्ग सेवा संघ मोरङको भवनमा सञ्चालित कार्यक्रममा २३ जना अपाङ्ग युवाहरूको सहभागिता रहेको थियो ।

अपाङ्ग सेवा संघका अध्यक्ष भोजबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजेन्सी मेनेजर तथा बीमा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेल, एजेन्सी मेनेजर तथा जिल्ला संयोजक खड्ग नारायण उरावले बीमा जागरणको महत्वबारे मन्तव्य राखेका थिए ।

कम्पनीका उपक्षेत्रीय प्रमुख हिरा निरौलाले तालिम दिएका थिए । कार्यक्रममा नेत्रहीन संघ मोरङका कोषाध्यक्ष सन्तोषकुमार पण्डित तथा शारीरिक अपाङ्ग संघ मोरङका उपाध्यक्ष दिनेश कोइरालाको समेत उपस्थिति रहेको थियो।

त्यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिका ७ मा रहेको किसानी माध्यमिक विद्यालय बिमका प्लस टूका विद्यार्थीहरूलाई युवासँग- महालक्ष्मी लाइफ कार्यक्रममा सहभागी गराइएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष हर्कमान जुग्जालीको अध्यक्षतामा संचालित बीमा जागरण कार्यक्रममा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी सोही दिन दिउसो किसानी मावि प्राविधिक शिक्षालयमा पनि युवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सञ्चालन गरिएको थियो । प्राविधिक क्षेत्रका ८२ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सोही विद्यालयका संयोजक करण कडेलले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *