ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा तीन सय रुपैयाँसम्म छुट पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८३ शाखा, २५२ एटीएम, २६२ शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *