प्रगतिशील माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं । ज्योति विकास बैंकले प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ ।

ज्योति विकास बैंकले विदुर ३, खड्गभन्ज्याङ- नुवाकोट स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरू प्रदान गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहन राज गिरि ले श्री प्रगतिशील माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेल लाई कम्प्युटरहरु हस्तान्तरण गरेका हुन् ।

बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरूमा सूचना प्रविधिसम्बन्धी सीपको विकास गर्न, विधार्थीहरूमा प्रयोगात्मक सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई सहयोग गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *