मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किए अलमुताइरी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किए अलमुताइरी](https://www.makalukhabar.com/wp-content/uploads/2021/10/alm.jpg)
काठमाडौँ । अब्दुल्लाह अलमुताइरी नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किएका छन् ।
मंगलबार एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा अलमुताइरीले एन्फासँग सोमबारदेखि नयाँ सम्झौता गरेको र सम्झौता सन् २०२४ को अन्तिमसम्म रहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले आगामी योजनासमेत सार्वजनिक गरेका छन् । विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको उनले बताए ।
उनले एशियन कप छनोटको तेस्रो चरणको तयारीमा आफूले बनाएको योजनाअनुसार खेलाडी घाइते भएको खण्डमा आफूलाई दबाब हुने र हाफ इन्जिन खेलाडी खेलाडी आफूलाई नचाहिने बताए । उनले आफूहरू फुटबलको विकासका लागि लागिपरेको बताउँदै सबैले फुटबलको विकासमा केन्द्रित हुन आग्रह गरे ।
अलमुताइरीले खेलाडी र टिमको मनोबल उच्च हुने किसिमले समाचार सम्प्रेषण गर्नका लागि सञ्चारकर्मीलाई आग्रह गरे ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)