रियलमीले नेपाली बजारमा ‘जीटी नियो २’ ल्याउँदै

काठमाडौँ । तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिपकिलर जीटी सिरीजअन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ । यो फोन आकर्षक सुरुवाती मूल्यमा उपलब्ध हुनेछ ।

जीटी सिरीज रियलमीको फ्लागसिप सिरीजअन्तर्गत पर्दछ‚ जसमा प्रविधि प्रेमीहरूका लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् ।

अधिकांश स्मार्टफोनहरूले जीटी सिरीजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन्, रियलमीले यस किसिमका प्रयोगकर्ताहरूको माग पूरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरीज लिएर आउँदै गरेको कम्पनीले जनाएको छ । चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाखभन्दा धेरै बिक्री भइसकेको कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *