क्लासिक टेकको आउटलेट अब पोखराको लेखनाथमा
काठमाडौँ । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा विस्तार गरेको छ ।
कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकहरूलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नो नयाँ आउटलेट संचालनमा ल्याएको हो ।
कम्पनीले लेखनाथ आसपासका ठाउँहरूमा सेवा सुविधा बढाउने उद्देश्यले थप सेवा विस्तार गरेको हो । क्लासिक टेकले कोरोना महामारीको समय अनि लकडाउनपछिको छोटो समयमै तीव्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट विस्तार गर्दै गएको छ ।
आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिंग स्टाफ राखिएको छ। कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो ।
सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरू र बैंकहरूलाई ईन्टरनेट र इन्टरनेट सेवाहरू पनि दिँदै आइरहेको छ ।
अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा तीव्र गतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिने उद्देश्यले पोखराको लेखनाथमा आउटलेट विस्तार गरेको हो ।
कम्पनीले तूफान अफरअन्तर्गत ५० एमबीपीएस स्पीडको इन्टरनेट केबल ११५४ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ, जसका साथमा १५० टिभी च्यानलहरू र युट्यूबसमेत हेर्न सकिने सुबिधा रहेको छ ।