पहेँलपुर इचङ्गु (तस्बिरहरू)

काठमाडौँ । नागार्जुन नगरपालिकाको इचङ्गु नारायण क्षेत्र फूलका लागि उर्बर भूमी भएको क्षेत्रका रुपमा चिनिदै आएको छ ।

यहाँका पाखा र बारीहरूमा बाह्रै महिना फूलहरू झुल्ने गर्दछन् । इचङ्गुका कृषकहरू आफ्नो खेतबारीमा सिजनअनुसारको फूलहरूको खेती गर्ने गर्छन् । अहिले भने यहाँका कृषकहरूलाई तिहार लक्षित सयपत्री र गोदावरी फूल टिप्न भ्याइनभ्याइ छ । इचङ्गु क्षेत्र अहिले पहेँलपुर छ । बारीका कान्ला र पाखाहरू सयपत्री फूलले ढकमक्क छन् ।

स्थानीय कृषकका अनुसार पोहोरको तिहारमा कोरोनाको कारण भारतबाट सयपत्री फूल नआउँदा उनीहरूले तीन सय रुपैयाँ पाथीसम्म सयपत्री बेचेका थिए । तर यसपाली भने भारतीय फूल भित्रिएकाले नेपाली फूलको खासै बजार भाउ छैन ।

फूलको साइज हेरेर १२५ देखि २०० रुपैयाँ पाथीमा उनीहरू ठेकदारलाई फूल बेचिरहेका छन् । एउटा सामान्य सयपत्रीको मालाको भने अहिले बजारमा ८० देखि १०० रुपैयाँसम्म पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *