दराजकाे एकदिने भब्य सेल : ११ लाख उत्पादनमा ५ करोड छुट र उपहार (फोटो/भिडिओ)
काठमाडौँ । अलिबाबा समूहको दराज अनलाइन सपिले ११ लाख उत्पादनहरुमा ५ करोडको छुट र उपहारसहित एक दिने भब्य सेल(मेला)को आयोजना गर्ने भएको छ । काठमाडौँको मेरियट होटलमा सोमबार पत्रकार सम्मेलन गरी कम्पनीले यस्तो जानकारी दिएको हो ।
वर्षकै सबैभन्दा ठूलो एक दिवसीय उक्त मेलामा ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर र अन्य धेरै उपहार योजना रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दराज एपमा कात्तिक २५ गतेदेखि सुरु भर्इ २४ घण्टामा समापन हुने जनाएको छ ।
दराज प्रयोगकर्तालाई भव्य सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, मालभिका सुब्बाका र ११ चर्चित सेलिब्रेटीहरू साथ दराजले कात्तिक २४ मा दराज एपमा ११.११ ‘ग्रान्ड गाला लाइभ’ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।
भिडिओ
कार्यक्रममा मुख्य वक्ताका रुपमा दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ, चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेन्ट र पार्टनरशीप प्रमुख अरुण फुयाल, र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदी रहेका थिए भने प्रमुख सञ्चारकर्मी र लोकप्रिय व्यक्तित्वहरूले अतिथिको रूपमा आफ्नो उपस्थिति राखेका थिए । कार्यक्रममा मुख्य वक्ताहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो ११.११ आयोजना गराउने दराजको तयारीको बारे जानकारी गराए ।
‘विश्वको सबैभन्दा ठूलो एकदिवसीय अभियान सेल ११.११ फेरी सुरु हुन जाँदै छ । तर हाम्रो सम्पूर्ण टोली र हाम्रो प्लेटफर्ममा रहेका १२ हजार बिक्रेताहरूले गत वर्षदेखिनै यसको लागी धेरै मेहनत गर्दै आएका छन् । देशको लागी एक कठिन वर्ष पछि, नेपालभरका ग्राहक तथा बिक्रेताहरूसँग यो विशेष दिन साझा गर्न पाउँदा हामी निकैनै खुसी छौं । किनभने उत्कृष्ट डिल, थुप्रै छुट र वर्षकै भव्य मनोरञ्जन अनि उत्कृष्ट ग्राहक अनुभव भनेकोनै ११.११ हो,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङले बताए ।
यसबाहेक ११.११ अभियानमा रियलमी जीटी नियो टू जीको विशेष लन्चको साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, साथै फेसन, मोटर, संगीत वाद्ययन्त्र, होम डेकोर र इलेक्ट्रोनिक्समा विभिन्न डिल्सहरू रहेका छन् ।
मुख्य वक्ता चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल मार्फत सामसुङ, फिलिप्स, रोटो, मिजी डिजीटल, नोभी र अन्य गरी २२ प्रचालित छुट दिने जसमध्ये भारतका ४ीरेस्टो जानस्या, मीसा फंशनरउवाले भारतबाट डेलिभर गर्ने जानकारी दिएसँगै टीभीएस, कोकाकोला र सन्सिन्क ११.११ का विशेष साझेदारहरू रहेको जानकारी दिएको छ ।
यो वर्षको ‘मेगा गिभअप’ सबैभन्दा भव्य हुनेछ ।
‘हामी हाम्रा विशेष साझेदार टिभीएससँग मिलि ११ ग्राहकहलाई टीभीएस रेइडर मोटरसाइकल प्रदान गर्न पाउँदा धेरै उत्साहित छौ,’ दराजका पेमेन्ट र पार्टनरशिपको प्रमुख अरुण फुवालले कार्यक्रममा भने ।
उनले ११.११ का लागि १५ सदारहरुले अनलाइन कार्ड पेमेन्टमा थप १५ छुट दिने जसमा डेबिट कार्डमा अधिकतम रु ३ हजार क्रेडिट कार्डमा अधिकतम ३ हजार ५ सय रहेको जनाए । साथै ई–सेवा आईएमई पेले पनि विशेष छुट दिने र यति मात्र नभई ग्राहकहरुले ४ साझेदार बैंकका क्रेडिट कार्ड मार्फत ० प्रतिशत व्याजमा मासिक किस्ता योजनाअनुसार चाहिएको समान खरीद गर्न सक्ने पनि जानकारी गराए।
अभियानको उच्च तीव्रता र कम्पनीको तयारीलाई स्पर्श गर्दै दराजका प्रमुख ग्राहक अधिकृत सम्झना सुबेदीले भनिन्– ‘ग्राहक अनुभवमा कुनै कमी नहोस् भनेर हामीले १ हजार ४ सयभन्दा बढी नयाँ कर्मचारी सामेल गरेका छौँ । यसमध्ये कस्टमर केयर एजेन्टहरु र १ हजार नयाँ डेलिभरी एजेन्टहरू छन्। ११.११ भनेको वर्ष भरिको निरन्तर सुधार र सिकाइको परिणति हो त्यसैले उच्च ग्राहक अनुभव प्रदान गर्न कुनै कसर बाँकी राखेका छैनौँ ।
तस्बिरमा दराज प्रेसमिट