विराटनगरमा मनाइयो धन्वन्तरि त्रयोदशी (तस्बिरहरू)
२०७८ कार्तिक १६ गते
विराटनगर । आज धन्वन्तरी त्रयोदशी । बजारमा सामान किन्नेको निक्कै भिड लागेको छ । विराटनगरको मुख्य बजारमा विभिन्न सामान खरिद बिक्रीका लागि सर्वसाधारणहरूको भिड देखिन्थ्यो ।
विशेषगरी भाँडा पसल, सुनचाँदी पसल, फलफूल पसल, दियो बाल्नका लागि पालाहरू, मिठाइ पसल, श्रृङ्गारका सामग्रीका पसलहरूमा भीड देखिएको थियो ।
कोभिडको कुनै प्रवाह नगरी मानिसहरू सामान किन्नका लागि पसलमा खचाखच भरिएका देखिन्थे । विराटनगरकी संगिता राईले सबैले धन्वन्तरी त्रयोदशीका दिन नयाँ धातुका सामान किन्ने हुँदा धन वृद्धि हुने विश्वासका साथ सामाग्री खरिद गर्ने गरेको बताइन् ।
तिहारको मौका छोपी विराटनगरको पुरानो गुद्री बजार, हनुमान मन्दिर आसपास, जलजला चोक, ट्राफिक चोकलगायतका ठाउँहरूमा सर्वसाधारणको बाक्लो भीड लागेको छ ।
२०७८ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित