मन्त्री मनाङेको अनौठो सम्पत्ति विवरण, ऋण नलिँदै तिरेको देखाए

पोखरा । गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले करिव ५ महिनापछि सम्पत्ति विवरण बुझाए ।

६० दिनभित्रै विवरण बुझाउनुपर्नेमा उनले ढिलो गरेर मुख्यमन्त्री कार्यालयमा पठाएका हुन् । मनाङेको सम्पत्ति विवरण अनौठो किसिमको छ । उनले ऋण लिनुअघि नै तिरेको देखाएका छन् ।

उनले वि.सं. २०७३ मा कर्म गुरुङबाट ४० लाख लिएको देखाएका छन् । २०७७ मा रमेश रानाबाट ४० लाख र २०७३ मा मनाङ फलफूल सप्लायर्सबाट ६० लाख लिएका छन् । तर उनले २०७१ सालमै २ करोड ३५ लाख र २०७२ मा २ करोड ३५ लाख ऋण तिरेको देखाएका छन् । विवरणअनुसार मनाङेसँग ३ करोड ३० लाख सापटी दिएको देखिन्छ ।

तर उनले ऋण दिएको नभई तिरेको भनेर बुझाएका छन् । त्यसैले मनाङेको विवरणमा तथ्य मिलेको छैन । उनले ऋण लिएको नदेखाई तिरेको मात्रै देखाएका छन् । जग्गाको विवरण पनि स्पष्ट छैन ।

विभिन्न ४ कित्तामा उनले जग्गा देखाएका छन् । काठमाडौंको धर्मस्थलीमा ३ कित्ताको २ रोपनी ५ आना अर्काको नाममा रहेर आफुले बैना गरेको भनेका छन् । पदमपोखरीमा संयुक्त भनेर ३ रोपनी देखाएका छन् । त्यसपछि ६ कठ्ठा छुट्टै, १ रोपनी ९ आना छुट्टै र १५ आनाको छुट्टै हिसाव गरेका छन् । उनले कुनैपनि जग्गा आफ्नो नाममा देखाएका छैनन् ।

उनको झुक्याउने खालको विवरणका कारण शुरुमा उनको ऋण ६ करोड भनेर ब्याख्या गरिएपनि पछि अध्ययन गर्दै जाँदा उनीसँग ऋण भन्दा धेरै धन देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *