पाकिस्तान टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । पाकिस्तान, युएईमा चलिरहेको टी-ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार रातीको खेलमा नामिबियालाई ४५ रनले पराजित गर्दै पाकिस्तानले तीन खेलमा अविजित रहँदै सेमिफाइलन प्रवेश गरेको हो ।

१ सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । उसका डेभिड वाइजले ४३ र क्राइग विलियम्सले ४० रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले १२० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

मोहम्मद रिजवान ७९ रनमा नटाउट रहे भने कप्तान बाबर आजमले ७० रन बनाए । रिजवानले ५० बलमा ८ चौका र ४ छक्का प्रहार गरे । रिजवानले अन्तिम ओभरमा ४ चौका र १ छक्का सहित २४ रन जोडेका थिए ।

यस्तै, आजमले ४९ बलमा ७ चौका प्रहार गरे । यस्तै मोहम्मद हाफिज १६ बलमा ५ चौकासहित ३२ रनमा नटआउट रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *