नयाँ सरकारको पहिलो निर्णय: अघिल्लो सरकारका निर्णय र नियुक्ति खारेज

विराटनगर । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषद्ले अघिल्लो सरकारका निर्णय र नियुक्ति खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको पहिलो बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधान सम्मत नभएकोले त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा लैजाने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश १ का १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसङ्ख्यक, र सीमान्तकृत समुदाय मध्येबाट एकएक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को बैठकले लोपोन्मुख, संस्कृति संरक्षणको लागि कार्यविधि निर्माण गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *