बाबर फर्किए शीर्ष वरीयतामा, बलिङ र अलराउन्डरमा को छन् शीर्ष स्थानमा ?

काठमाडौँ । पाकिस्तानी क्रिकेट टिमका कप्तान तथा ओपनर बाबर आजम ट्वेन्टी-ट्वेन्टी फर्म्याटको विश्वको सर्वोत्कृष्ट ब्याटरको शीर्ष स्थानमा फर्किएका छन् ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा बाबर शीर्ष स्थानमा उक्लिएका हुन् ।

यसअघि शीर्ष स्थानमा रहेका इंग्ल्यान्डका डेभिड मलान दोस्रो नम्बरमा झरेका छन् । अस्ट्रेलियाका कप्तान आरोन फिन्च तेस्रो नम्बरमा उक्लँदा चौथो नम्बरमा पाकिस्तानकै ओपनर मोहम्मद रिजवान रहँदा पाँचौं नम्बरमा भारतका कप्तान विराट कोहली यथावत छन् । सोही सूचीको ५६औँ स्थानमा नेपालका ब्याटर कुशल भुर्तेल रहेका छन् ।

यस्तै बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा उक्लिएका छन् । उनी पहिलो पटक शीर्ष स्थानमा परेका हुन् । दोस्रो नम्बरमा दक्षिण अफ्रिकाका ताबरेज साम्सी‚ तेस्रो नम्बरमा इंग्ल्यान्डका आदिल रसिद, चौथो नम्बरमा अफगानस्तानका राशिद खान र पाँचौं नम्बरमा मुजिब उर रेहमान छन् । त्यस्तै नेपालका बलर सन्दीप लामिछाने उक्त सूचीको ९१औँ स्थानमा छन् ।

यसैगरी अलराउन्डरतर्फ बंगलादेशका सकिब अल हसन शीर्ष स्थानमा यथावत् छन् । दोस्रो स्थानमा अफगानस्तानका मोहम्मद नाबी तेस्रो स्थानमा दक्षिण अफ्रिकाका जे जे स्मित, चौथो नम्बरमा श्रीलंकाका वानिन्दु हसरंगा र पाँचौं नम्बरमा ओमानका जिसन मक्सुद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *