प्रतिक्रियावादीहरूले मलाई ‘टार्गेट’ गर्दैछन् : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादीहरूले आफूलाई ‘टार्गेट’ गरिरहेको बताएका छन् । बिहीबार नेवाः राष्ट्रिय मुक्तिमोर्चाको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘प्रतिगामी प्रतिक्रान्तिकारी जसलाई भनिएको छ, उसको टार्गेट चाहिँ माओवादी केन्द्रमा पनि प्रचण्डलाई नसिध्याएसम्म हुँदैन भन्नेमा छन् । माओवादी केन्द्र नभइ प्रचण्डलाई सिध्याउने अभियानमा छन् तिनीहरू ।’

आफूलाई हराउनका लागि अन्तर्राष्ट्रिय प्रतिक्रियावादी र देशभित्रका प्रतिक्रान्तिकारी शक्ति लागिरहेको प्रचण्डको भनाइ थियो । ‘तपाईंहरूले हिजो अस्तिका यसो हेर्नुभयो भने थाहा पाउनुहुन्छ । उनीहरूको उद्देश्य अरु केही छैन । अहिले यो अनौठो लाग्न सक्छ । अन्तर्राष्ट्रिय प्रतिक्रियावादी र राष्ट्रिय प्रतिक्रियावादी सबै मिलेर प्रचण्डलाई हराउनेमा छन्,’ प्रचण्डले भनेका छन् ।

‘धेरै दुःखपछि ६ वटै प्रदेश सरकार गठबन्धनको बन्यो’

यसैबीच प्रचण्डले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको भन्दै खुसी व्यक्त गरे । गठबन्धनको हातमा आउनका लागि गठबन्धनले धेरै दुःख गरेको प्रचण्डको भनाइ थियो । मिलेर आन्दोलनमा जाँदा जतिसुकै ‘सेटिङ्ग’ भएपनि जित जनताकै हुने प्रचण्डले बताए ।

प्रचण्डले उपलब्धिहरुको रक्षाका लागि जनता अझै लड्न तयार छन् भन्ने आफूहरुलाई थाहा भएको र त्यसैअनुरूप आफू लागेको बताए । ‘जनता अहिले पनि यो उपलब्धिको रक्षाका लागि लड्न तयार छन् भन्ने हामीलाई ज्ञान भयो । मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुनेरहेछ । जतिसुकै सेटिङ्ग भएपनि । ६ वटै प्रदेश सरकार गठबन्धनकै हातमा आइपुगेको छ, यो सानो दुःखले आएको होइन । यो धेरै दुःखपछिको प्राप्ति हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *