कांग्रेस जिल्ला सभापति जुवाखालबाट पक्राउ
मकालु खबर
२०७८ कार्तिक १९ गते
काठमाडौँ । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । जुवा खेलिरहेको विशेष सूचनाका आधारमा बौद्ध नयाँवस्तीस्थित एक घरमा पुगेको प्रहरी टोलीले बर्मासहित १८ जुवाडेहरूलाई पक्राउ गरेको हो ।
महानरीय प्रहरी वृत्त, बौद्धका एक अधिकारीले बताएअनुसार उनीहरूलाई बिहीबार मध्यराति पक्राउ गरिएको हो । जुवाखालमा सभापति लामासहित १८ जना थिए । उनीहरूको साथबाट नगद रु. ६ लाख र केही थान ताससमेत बरामद गरिएको छ ।
जुवा सागर लामाले खेलाएको ती प्रहरी अधिकारीले बताएका छन् । उनी भने अहिले फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । लामा हालै सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
मकालु खबर
२०७८ कार्तिक १९ गते
प्रतिक्रिया