योगेशलाई पराजुलीकाे प्रश्न- ‘कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको ?’

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले एमाले नेता योगेशकुमार भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामी भएको आरोप लगाउँदै यूनियनले योगेशलाई ‘कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको ?’ भनेर प्रश्न गरेको छ ।

यसअघि गत कात्तिक १७ गते योगेशले एकीकृत समाजवादी ‘अवैध गर्भधारणबाट बनेको’ र बिनाठेगाना र बिनापहिचानको दल भएको टिप्पणी गरेका थिए । यसपछि यूनियनका केन्द्रीय अध्यक्ष सुरेश पराजुलीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनताको व्यवस्थालाई कमजोर बनाएर ‘बा’ प्रवृत्तिलाई खुसी बनाउँदै नवप्रतिगामीको खरानी कति दिनसम्म घसिरहने हो ? हिजो आफैँले ओली प्रतिगमनविरुद्ध देशभर घन्काएको नारा याद छ कि छैन ? कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको ?’

विज्ञप्तिमार्फत पराजुलीले जोरी नखोज्न चेतावनीसमेत दिएका छन् । ‘हामी क्रान्तिकारीहरूसँग जोरी नखोज्न चेतावनी पनि दिन चाहन्छौँ । कसको ठेगाना कहाँ हो ? आगामी निर्वाचनमा सार्वभौम नेपाली नागरिकले देखाइदिनेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *