कांग्रेस केन्द्रीय समिति बैठक २८ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कात्तिक २८ गते बस्नेगरी बैठक आह्वान गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका रहनेछ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी मंसिर अन्तिममा तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *