प्रदेश सभा बैठक आज

बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने गर्ने भएका हुन् ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार प्रस्ताव पेश भएसँगै मतदान पनि आजै हुनसक्नेछ । ‘दिउँसो बोलाइएको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची छ,’ उनले भने, ‘सम्भवतः आजै विश्वासको मतमाथि मतदान हुन्छ ।’ संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।

यसअघि बहुमत प्राप्त दलको हैसियतमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने निश्चित छ । सभामुखसहित १०९ सिट भएको बागमतीमा गठबन्धनको मात्रै ५९ सिट छ । सरकार बनाउन ५५ सिट भए पुग्छ ।

गठबन्धनका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपासँग १ मत छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग ४३ सदस्य छन् । राप्रपा र नेमकिपासँग २-२ मत हुँदा विवेकशील साझासँग ३ मत छ । यसअघि एमाले विभाजित भएसँगै अल्पमतमा परेकी शाक्यले कात्तिक १० विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभइ राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *