प्रधान न्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा आज मध्यान्न भर्चुअल छलफलपछि दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको हो ।

इकाइबाट आउने सुझावअनुसार बैठक बसेर आन्दोलनको निर्णय गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । दोस्रो चरणका आन्दोलन घोषणा अघि यसअघिका कार्यक्रमलाई निरन्तरता दिइने छ । जसअनुसार आज सर्वोच्च कालोपट्टीसहितको विरोध कार्यक्रम हुनेछ ।

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दबाब दिइरहेका छन् । उनीहरू पनि आज बिहानैबाट जबराविरुद्धको आन्दोलनको रणनीति तय गर्न बैठक बस्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *