प्रधान न्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूकाे प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका वकिलहरुको आज पनि प्रदर्शन शुरु गरेका छन् । नेपाल बार एसोसिएसनमा आवद्ध वकिलहरुले हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सर्वोच्च बार परिसरमा प्रदर्शन र धर्ना दिइरहेका छन् । बारले प्रधान न्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटमसहित तिहारअघि पहिलो चरणमा धर्नाको कार्यक्रम घोषणा गरेको थियो ।

यो पनि : प्रधान न्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार

बारले दोस्रो चरणमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको बताएको छ । आन्दोलनको स्वरूपबारे बारका देशभरका इकाईसँग छलफल भइरहेको बारले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *