मुख्यमन्त्री पाण्डेद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले प्रस्ताव पेस गरेका हुन् ।

यस्तै पाण्डेले आफूलाई मत दिन सबै दलहरूलाई आग्रहसमेत गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

पाण्डे एकीकृत समाजवादीको तर्फबाट मुख्यमन्त्री बनेका हुन् । प्रदेशमा एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *