आइएमई जनरल इन्स्योरेन्स र पिक मीबीच बीमा सेवासम्बन्धी सम्झौता
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकहरूको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।
सम्झौता पत्रमा हस्ताक्षरपश्चात पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मीका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको र सो एपप्रेले स्टोर तथा एक स्टोरबाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराए ।