राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरूलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेका सकल दर्जाहरुलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्नेछ ।

प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सो मा कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३.३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) का लागि सकल दर्जाहरूलाई कर्जा प्रवाह गरिनेछ ।

सम्झौताबमोजिम कोषले बैंकलाई निक्षेपसमेत उपलब्ध गराउनेछ । यस सम्झौतापश्चात नेपाली सेनाका बहालवाला सकलदर्जाहरूको आफ्नै आवासको व्यवस्था भई सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *