एमाले सुदूरपश्चिम कमिटीले बाेलाएकाे बैठक अवैध : भीम रावल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने भनिएको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उपाध्यक्ष रावलले उक्त बैठकका निर्णयहरू समेत अवैध र अमान्य रहेकाे बताएका हुन् ।
उनी लेख्छन्, ‘आज हुने भनिएको कथित सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुटबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि १२ झापामा लागु हुने, सु।प।मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’
यस्तै उपाध्यक्ष रावलले उक्त कार्य गुटबन्दीको नमूना रहेको पनि उल्लेख गरेका छन् । रावलले आज हुने बैठक १० बुँदे सहमति विपरीत रहेकाे बताएका छन्।
आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?
— Dr. Bhim Rawal (@BhimRawal179) November 9, 2021