सबै खालका इजलास तोकिएपछि सर्वोच्चका न्यायाधीशहरू छलफलमा

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका पनि इजलास तोकेपछि सर्वोच्चका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । बैठकमा इजलास बस्ने नबस्ने भन्ने बारे छलफल हुने एक न्यायाधीशले जानकारी दिए ।

बन्दी प्रत्यक्षीकरणका इजलासमा सुनुवाइ गर्न सहमत भए पनि प्रधान न्यायाधीश जबराले अरू मुद्दाको समेत इजलास गठन गरेका हुन् ।

यसैबीच आन्दोलनरत कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोशिएसन अरू पनि इजलास तोकिएको प्रति रुष्ट भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसले प्रधान न्यायाधीश जबराको पेलेरै जाने रणनीति रहेको प्रष्ट भएको र आफूहरूले अझ कडा संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *