रक्षामन्त्री रिजाल र महासचिव सन्डर्सबीच भेटवार्ता

काठमाडौँ । रक्षामन्त्री मीनेन्द्र रिजाल र संयुक्त राष्ट्रसंघका सहायक महासचिव क्रिस्चियन सन्डर्सबीच भेटवार्ता भएको छ । उनीहरूबीच मंगलबार मन्त्रालयमै भेटवार्ता भएको मन्त्री रिजालको सचिवालये जनाएको छ ।

भेटका क्रममा उनीहरूबीच शान्ति सेनामा नेपाल र नेपाली सेनाको अद्यावधि रहेको गौरवशाली योगदान र भविष्यमा विस्तारित र थप प्रभावकारी नेतृत्वदायी भूमिकाबारे छलफल भएको छ ।

रिजालले मन्त्री भएपछि विभिन्न देशका राजदूतसँगै कूटनीतिक क्षेत्रका व्यक्तिहरूलाई भेट्दै आएका छन् । उनले नेपालले छिमेकी देशहरूसँग मित्रवत्  र राम्राे कूटनीतिक सम्बन्ध स्थापित गर्नुपर्नेमा जाेड दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *