मुक्तिनाथ क्यापिटलको साधारण सभा सम्पन्न
मकालु खबर
२०७८ कार्तिक २३ गते
काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।
मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा कमलादी काठमाडौँमा सभा सम्पन्न भएको हो ।
साधारण सभाले प्रस्तावित १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद शेयर निष्काशन गरेपश्चात क्यापिटलको पुँजी वृद्धि भई ४०-५० करोड पुग्ने कम्पनीले जनाएको छ ।
मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्तासम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवाहरूसमेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
मकालु खबर
२०७८ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित