गण्डकीमा १० बुँदे कार्यान्वयन, इन्चार्जमा किरण पुनःबहाली (विवरणसहित)

काठमाडौँ । नेकपा (एमाले) गण्डकी प्रदेश साबिककै अवस्था (०७५ जेठ २) मा फर्किएको छ । उपाध्यक्ष भीमबहादुर रावल पार्टीमा १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट भइरहेको बेला गण्डकीमा १० बुँदेको कार्यान्वयन भएको हो ।

यससँगै गण्डकीको इन्चार्जबाट तत्कालीन मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङ हेटका छन् भने किरण गुरुङ पुनःबहाली भएका छन् । यद्यपि दुई गुरुङ दुवै केपी शर्मा ओलीनिकट हुन् ।

यस्तै प्रदेश कमिटीमा थप ३ सय सदस्य मनोनयन गरिएको छ । यसअघिका १०९ जना सदस्यसमेत गर्दा अब त्यहाँ ४०९ सदस्यीय प्रदेश कमिटी बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *