कामना सेवाको लाभांश पारित
मकालु खबर
२०७८ कार्तिक २४ गते
काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश प्रस्ताव पारित भएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुल १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।
कामना सेवा विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा साधरण सभा भएको थियो ।
मकालु खबर
२०७८ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित