ढुलमुले रामचन्द्र : छाडे माओवादी, एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता रामचन्द्र झाले पार्टी छाडेका छन् । अब उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् । झाले आफूले अध्यक्षसहित नेताहरूको सल्लाहमै पार्टी छाडेको बताएका छन् ।

माओवादी स्थायी कमिटीका सदस्य लीलामणी पोखरेलकाअनुसार झाले ‘पार्टी छाड्दैछु’ भनेर जानकारी गराएका थिए । ‘मैले अब पार्टी छाड्दैछु,’ नेता झालाई उद्धृत गर्दै नेता पोखरेलले भने, ‘म यहाँबाट भन्दा अन्य कुनै पार्टीबाट बढी कम्युनिष्ट आन्दोलनमा योगदान गर्न सक्छु ।’

झाले पछिल्लो स्थायी कमिटी बैठकमै आएर पार्टी छाड्ने जानकारी दिएको र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरूले हस्तक्षेप नगरेको नेता पोखरेलले बताए । ‘उहाँले जानकारी गराउनुभयो । अध्यक्ष कमरेडसहित हामीले त्यति जिकिर गरेनौँ । त्यो खास उहाँको स्वतन्त्रताको विषय पनि हो ।’

झाले मंसिर ५ गते जनकपुरमा हुने आमसभामा औपचारिक रूपमा एकीकृत समाजवादी प्रवेश गर्दैछन् । यसका लागि उनले माओवादी नेताहरूसँग बिदा लिइसकेका छन् । झा एमाले, तत्कालीन नयाँ शक्ति हुँदै माओवादी केन्द्रमा आइपुगेका थिए । अब उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *