फाइनल प्रवेशका लागि न्युजिल्यान्डलाई १६७ रनको लक्ष्य

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि इंग्ल्यान्डले न्युजिल्यान्डलाई १६७ रनको लक्ष्य दिएको छ ।

दुबईमा टस हारेर पहिले  ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनायो ।

इग्ल्यान्डका मोइन अलि ५१ रनमा नटआउट रहे । यस्तै, डेभिड मलानले ४१ र जोस बटलरले २९ रनको योगदान गरे ।

न्युजिल्यान्डका टिम साउथी, जेम्स मिल्ने, ईश सोधी र जेम्स निसमले एक एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *