अनेरास्ववियुले दहन गर्‍याे प्रधान मन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) समर्थित अनेरास्ववियुले प्रधान मन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । अनेरास्ववियु बागमती, कमिटीले बिहीबार रत्नराज्य क्याम्पस अगाडि प्रधान मन्त्री देउवाको पुत्ला दहन गरेको हो ।

अनेरास्ववियुसम्बद्ध विद्यार्थी नेताहरूले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध प्रदर्शन गर्दै प्रधान मन्त्री देउवाको पुत्ला दहन गरेका हुन् । विद्यार्थीहरूले ‘नाफाघाटा जान्दैनौँ, मूल्यबृद्धि मान्दैनौँ, जनतामारा सरकार मुर्दावाद’ लगायतका नाराहरू लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *