विश्वकप सेमिफाइनल : नकआउटमा सधैँ पाकिस्तानमाथि अस्ट्रेलिया हाबी

उत्कृष्ट लयमा रहेको पाकिस्तान तथा अस्ट्रेलियाबीच बिहीबार राति टी-ट्वेन्टी विश्वकपको दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा चलिरहेको छ । यो खेलमा जित्ने टीमले १४ नोभेम्बरमा हुने फाइनलमा न्युजिल्यान्डको सामना गर्नेछ ।

यसअघि वेस्टइन्डिजमा २०१० मा भएको टी-२० विश्वकपको सेमिफाइनलमा यी दुई टीमबीच प्रतिस्पर्धा भएको थियो । जहाँ पाकिस्तान खेलमा लयका बाबजुत माइक हसीको उत्कृष्ट इनिङमा पराजित भएको थियो । जसका कारण पाकिस्तान लगतार दोस्रो पटक टी-ट्वेन्टी विश्वकप जित्ने सपनाबाट पछि परेको थियो । तर यो पटक इतिहास नदोहोर्‍याउने लक्ष्यमा पाकिस्तान रहेको छ ।

नकआउटमा पाकिस्तानमाथि अस्ट्रेलिया हाबी
अस्ट्रेलियाले अहिलेसम्म आईसीसीले आयोजना गरेको इभेन्टका नकआउट खेलमा पाकिस्तानसँग एउटा खेल पनि हारेको छैन । एरन फिन्चको टीम यो रेकर्ड कायम राख्न चान्छ । पाकिस्तान भने यो विश्वकपमा धेरै पुराना परम्परा तोड्न सफल भएकाले फेरि एकपटक आफ्नो उत्कृष्ट इनिङलाई निरन्तरता दिँदै फाइनल पुग्न चाहन्छ । पाकिस्तानले यसअघि कहिले पनि विश्वकपमा भारतलाई हराएको थिएन‚ तर यो पटक १० विकेटले भारतलाई पराजित गर्दै इतिहास रचेको छ ।

लयमा अस्ट्रेलिया
यो विश्वकपमा पहिले फिन्च तथा डेभिड वार्नरको फर्म राम्रो चलेको थिएन । तर पछिल्लो खेलहरूमा भने यी दुईको उच्च प्रदर्शनमा अस्ट्रेलिया चम्किएको छ । शुरुवाती खेलमा संघर्षका बाबजुद मिचेल मार्सले पनि फर्ममा पुनरागमन गरेका छन् । मिचेल स्टार्कको नेतृत्वमा पनि तीव्र बलरको प्रदर्शन लोभलाग्दो छ । अस्ट्रेलियाका लेग स्पिनर एडम जम्पाले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले अस्ट्रेलिया स्टार खेलाडीको पुनारागमनमा मख्ख छ ।

पाकिस्तानका लागि अनुकूल कन्डिसन
पाकिस्तानी टीम युएईमा पछिल्लो आधा दशकदेखि अपराजित छ । पाकिस्तान जारी प्रतियोगिताको एकमात्र यस्तो टीम हो‚ जसले अहिलेसम्मको खेलमा पराजय भोगेको छैन । शाहीन शाह अफ्रिदीले इनिङको शुरुवातमा धेरै ब्याट्सम्यानलाई रन बनाउन दिएका छैनन् । उनले केवल हारिस रउफ बाहेक धेरैलाई इनिङको सुरूवातमा नै पेभिलियन पठाएका छन् । ब्याटिङमा मोहम्मद रिजवान तथा बाबर अजाम उतकृपष्ट लयमा रहँदा शोएब मलिकको अप्रत्यासित पुनरागमन अस्ट्रेलियाका लागि टाउको दुखाइ बन्नसक्छ । त्यस्तै शोएबलाई आसिफ अलीले इनिङको अन्तिमसम्म गतिलो साथ दिँदा पाकिस्तान पछिल्लो क्रममा समेत बलियो देखिएको थियो ।

हेड टू हेडमा पाकिस्तान अघि
अस्ट्रेलिया र पाकिस्तानबीच अहिलेसम्म कुल २३ खेलमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् । जहाँ अस्ट्रेलियाले ९ खेलमा जित निकाल्दा पाकिस्तानले १२ खेलमा जित निकालेको छ । जसमा दुवै टीमले समान १-१ खेलमा बिना नतिजा खेल सकाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *