फाइनल प्रवेशका लागि पकिस्तानद्वारा अस्ट्रेलियासामु १७७ रनको लक्ष

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपको फाइनल प्रबेशका लागि अष्ट्रेलियाले १७७ रनको लक्ष पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो ।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए ।

उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै फकार जमान ५५ रनमा नटआउट रहे । उनले,३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, कप्तान बावर आजमले ३४ बलमा ३९ रन बनाए । भने,अष्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट लिए

आजको बिजेताले उपाधीकोलागी न्युजिल्याण्डसङ्ग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *