कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले कोलम्बियालाई पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा खेलको ७२औँ मिनेटमा लुकास पाक्वेटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । पाक्वेटाले नेइमारको असिस्टमा गोल गरेका थिए । यो जितसँगै ब्राजिल २०२२ को कतार विश्वकपका लागि छनौट भएको छ । ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट कतार विश्वकपमा छनौट हुने पहिलो देश बनेको छ ।

यो जितपछि ब्राजिलको १२ खेलमा ३४ अंक भएको छ र शीर्ष स्थानमा कायम रहेको छ । विश्वकप छनौटमा अपराजित रहेको ब्राजिलले ११ जित र एक बराबरी खेलेको छ । त्यस्तै कोलम्बियाको १३ खेलमा १६ अंक रहेको छ र पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *