प्रधान न्यायाधीशलाई गेटमै रोक्ने नेपाल बारको तयारी, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौँ । नेपाल बार एशाेसिएशनले शुक्रबार प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप आन्दोलन थप चर्काएका कानून व्यवसायीहरूले जबरालाई सर्वोच्च को गेटमै रोक्ने रणनीति लिएको हो ।

बार महासचिव लीलामणि पौडेलकाअनुसार मुख्य गेटबाटै प्रधान न्यायाधीश जबरालाई भित्र छिर्न दिइने छैन । बार प्रधान न्यायाधीश जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनमा छ ।

यसैबीच महान्यायाधिवक्ता कार्यालयतर्फबाट र नेपाल बार एसोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आऊ-जाऊ गर्ने भित्री ढोका बन्द गरिएको छ । यसअघि कानून व्यवसायीहरू नेपाल बार तर्फको गेटबाट सर्वोच्च अदालत आऊ-जाऊ गर्दै आएका थिए ।

सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दङ्गा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरू परिचालित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *