माओवादीमा ‘एक व्यक्ति, एक पद’काे व्यवस्था हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । शुक्रबार भर्च्यूअल रूपमा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । यसपिछ अब चाँडै नै पार्टीमा एक व्यक्ति, एक पदको व्यवस्था लागू हुने नेताहरूले बताएका छन् ।

यस्तै बैठकले पार्टीमा प्रदेश र पालिका कमिटीमा सात/सात पदाधिकारी रहने व्यवस्था गरेकाे छ भने वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिवगरी दुई पदाधिकारी रहने व्यवस्था गरेको छ ।

माओवादी केन्द्रले पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको छ भने युवा पुस्तालाई विशेष महत्त्वमा राखेको छ । सोहीअनुसार जिम्मेवारी बाँडफाँट गरिने बताइएकाे छ । बैठकको अध्यक्षता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेपनि सम्बोधन भने गरेनन् । उनी अस्वस्थ भएको कारण उनले सम्बोधन नगरेका हुन् ।

माओवादी केन्द्रले आउँदाे पुस ११ देखि १३ गतेसम्ममा सम्मेलन गर्दैछ । त्यसका लागि संगठित सदस्यता नवीकरण अभियान चलाइरहेकाे छ । नवीकरण गर्ने समय अपुग भएकाले समय लम्ब्याउनुपर्नेमा धेरै नेताहरूले जाेड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *