एकीकृत समाजवादीका केन्द्रीय सदस्यले लिए शपथ
मकालु खबर
२०७८ कार्तिक २७ गते
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई शपथ गराएका हुन् ।
शनिवार र आइतबार बस्ने केन्द्रीय कमिटी बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारे छलफल हुनेछ। बैठकमा सरकारमा पार्टीबाट सहभागी मन्त्रीका तर्फबाट विरोध खतिवडाले आचार संहिता र कार्ययोजना प्रस्तुत गर्ने, केन्द्रीय निकाय र विभागको पदपूर्ति, समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ। समाजवादीमा ३३५ केन्द्रीय सदस्य रहेका छन् ।
मकालु खबर
२०७८ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित