कामना सेवा बैंकद्वारा मन्दिर व्यवस्थापन समितीलाई आर्थिक सहयोग
मकालु खबर
२०७८ कार्तिक २७ गते
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती लाई दुई लाख पचास हजार र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समितीलाई एक लाख आर्थिक सहयोग गरेको छ ।
उक्त कार्यक्रममा बैंकका संचालकहरु बलराम बराल, देवकृष्ण काफ्ले, चतुराखर अधिकारिका साथै अन्य बैंकका कर्मचारीहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
मकालु खबर
२०७८ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित