जनकपुरमा किन गरियाे निषेधाज्ञा जारी ?
मकालु खबर
२०७८ कार्तिक २७ गते
काठमाडौँ । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० सम्मका लागि निषेधाज्ञा जारी भएको हो ।
जनकपुर उपमहानगरपालिका २० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो । शनिबार स्थानीय हिन्दु समुदायले मोटर साइकल र्याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ ।
स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए ।
मकालु खबर
२०७८ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित