टी-ट्वेन्टी विश्वकपमा कसले कति पाए रकम ?
काठमाडौँ । टी-ट्वेन्टी विश्वकप २०२१ को च्याम्पियन अस्ट्रेलिया बन्यो । दोस्रो पटक फाइनलमा पुगेको अस्ट्रेलियाले अन्ततः १४ वर्षे लामो प्रतिक्षाको अन्त गर्दै उपाधि जित्यो ।
अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दे टी-ट्वेन्टी विश्वकपमा नयाँ च्याम्पियनका रुपमा रह्यो । च्याम्पियन अस्ट्रेलियाले ट्रफीको साथमा करिब २० करोड प्राप्त गर्यो ।
त्यस्तै उपविजेता बनेको न्युजिल्यान्डले करिब १० करोड प्राप्त गरेको छ ।
त्यस्तै सेमिफाइनलमा पुगेको पाकिस्तान र इंग्ल्यान्डले करिब ५/५ करोड प्राप्त गर्दा सुपर १२ मा पुगेका टीमले करिब ८३ लाख नगद हात पारे ।
सर्वाधिक रन बाबरको नाममा
प्रतियोगितामा सर्वाधिक धेरै रन पाकिस्तानका कप्तान बाबर आजमले बनाए । उनले ६ खेलमा ३०३ रन बनाए । त्यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर रहे ।
उनले ७ खेलमा २८९ रन बनाए । जहाँ तेस्रो स्थानमा पाकिस्तानै मोहम्मद रिजवान रहे । उनले ६ खेलमा २८१ रन बनाएका थिए । अस्ट्रेलियाका ओपनर वार्नरलाई प्लेयर अफ द टुर्नामेन्टको उपाधि दिएको थियो ।
कसले कति विकेट लिए ?
प्रतियोगितामा सर्वाधिक विकेट श्रीलंकाका वानिंन्दु हसंरगाको नाममा रह्यो । उनले १६ विकेट लिए । त्यस्तै दोस्रो नम्बरमा विश्व च्यामपियन बनेको अस्ट्रेलियाका एडम जाम्पाका नाममा १३ विकेट रह्यो ।
त्यस्तै तेस्रो सर्वाधिक विकेट लिने खेलाडी भने बंगलादेशी अलराउन्डर शकिब अल हसन रहे । उनले ११ विकेट लिए ।