प्रधान न्यायाधीशको बहिर्गमनले मात्र पुग्दैन : टोपबहादुर सिंह
मकालु खबर
२०७८ कार्तिक २९ गते
काठमाडौँ । न्यायालयमा देखिएको समस्या समाधानका लागि प्रधान न्यायाधीश चोलन्द्रशमशेर जबराको बहिर्गमनले मात्र नपुग्ने पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पूर्व न्यायाधीश फोरमको पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले अहिलेको अवस्थामा प्रधान न्यायाधीशको राजीनामा मात्र पर्याप्त नभएको भन्दै यसका लागि संविधान संशोधन नै हुनुपर्ने बताएका हुन् ।
जबरा अयोग्य भएका विभिन्न कारणसहित बहिर्गमनको माग गरिए पनि उनले राजीनामा नदिँदा यो संकट उत्पन्न भएको अध्यक्ष सिंहले बताए ।
प्रधान न्यायाधीश स्वच्छ आचरण र सम्मान गर्न लायक हुनुपर्ने भन्दै उनले न्यायिक स्वतन्त्रताको वातावरण हुनुपर्ने बताए ।
मकालु खबर
२०७८ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित