कोकाकोलाद्वारा कोक एन्ड मील्स लेन्सका लागि भाइबरसँग साझेदारी
मकालु खबर
२०७८ कार्तिक ३० गते
काठमाडौँ । कोकाकोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एन्ड मील्सको थिमअन्तर्गत कोकाकोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फूड र्यान्डमाइजर’को लन्च गरेको छ ।
नेपालमा १ करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले यो फिल्टरको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले फिल्टरमा कोक र मोमोस, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र मील्सका कम्बोहरू र्यान्डम्ली जेनेरेट हुने जनाएको छ ।
जेनेरेट भएको एउटा कोक एन्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्ने र कम्बो किनिदिन अनुरोध गरी आफूले चाहेका व्यक्तिलाई पठाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।
मकालु खबर
२०७८ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित