एमाले महाधिवेशन उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता सहभागी हुने

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता सहभागी हुने भएका छन् । उद्घाटन सत्रमा देशभरबाट नारायणी नदी किनारमा ५ लाख कार्यकर्ता सहभागी गराइने एक नेताले बताए । महाधिवेशन उद्घाटन सत्रमा उनीहरूलाई सहभागी गराउने गरी व्यवस्थापन समितिले काम अघि बढाएको छ ।

मंसिर १० गतेदेखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा हुने महाधिवेशनमा २ लाख कार्यकर्ता भने बागमती प्रदेशबाट सहभागी हुने बताइएको छ  ।  उद्घाटन सत्रमा आउने कार्यकर्ता व्यवस्थापनका लागि सम्बन्धित जिल्लालाई निर्देशन दिइएको छ ।

उद्घाटन सत्र नारायणी किनारामा भए पनि बन्द सत्र भने सौराहाको होटल सेभेन स्टारमा हुनेछ । बन्द सत्र हुने सौराहामा प्रतिनिधिका लागि आवास र खानपानको बन्दोबस्त गरिएको छ । दुई हजार महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र ५ सय अतिथि तथा पत्रकार गरी ४ हजार जनाका लागि होटलको कोठा बुक गरिएको एमाले केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।

कार्यालयका अनुसार बन्द सत्रमा सहभागीले सौराहामा पाँच छाक खाना खानेछन् । खाना, खाजा र कोठाका लागि सौराहाका अधिकांश होटल बुकिङ भइसकेको छ । सौराहामा साना–ठूला होटल व्यवसायीसँग गरी ६५ सय शय्याको क्षमता छ ।

महाधिवेशनको कार्यतालिकाअनुसार ११ गते बेलुकीसम्म उम्मेदवारी दर्ता र फिर्ताको काम सकेर १२ गते बिहानबाट नयाँ नेतृत्वका लागि विद्युतीय भोटिङ शुरु हुनेछ । महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत रूपमा अध्यक्ष हुने गृहकार्यमा जुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *