प्रधान न्यायाधीशलाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम
मकालु खबर
२०७८ मंसिर १ गते
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएका हुन् ।
अध्यक्ष श्रेष्ठले राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध गर्ने चेतावनी समेत दिएका छन् । न्यायालयको सुदृढीकरणका लागि प्रधान न्यायाधीशको राजीनामा अनिवार्य सर्त रहेको उनले बताए ।
उनले भने, ‘न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौँ । न्यायालयको शिर निहुरिइरहेको छ । वार्ताको नाममा आँखामा धुलो हाल्नका लागि विज्ञप्ति निकालेको छ ।’ प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको अध्यक्ष श्रेष्ठकाे भनाई छ ।
मकालु खबर
२०७८ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित