न्युजिल्यान्डमाथि भारतको रोमाञ्चक जित

काठमाडाैँ । घरेलु टोली भारतले न्युजिल्यान्डसँग जारी ३ खेलको टी-२० सिरिजको पहिलो खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । जयपुरमा बुधबार भएको पहिलो खेलमा न्युजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले २ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । भारतको जितमा सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान रोहित शर्माले ४८ रन बनाए । त्यस्तै केएल राहुलले १५ रनमा आउट भए । श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए । ऋषव पन्त १७ रनमा अविजित रहँदा अक्षर पटेल १ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय इनिङ्स खेले । गुप्टिलले ७० रन तथा मार्कले ६३ रन बनाए । यद्यपि न्युजिल्यान्ड अन्तिम तीन ओभरमा बढी स्कोर बनाउन असफल भयो । गुप्टिल आउट भएपछि न्युजिल्यान्डको स्कोरमा अंकुस लागेको थियो ।  टिम सेइफर्टले १२, रचिन रविन्द्रले ७ तथा मिचेल स्यान्टनरले अविजित ४ रन जोडे।भारतका भुवनेश्वर कुमार र  रविचन्द्र आश्विनले २-२ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *