प्रहरीले गर्यो बल प्रयोग, बार अध्यक्ष श्रेष्ठसहित १२ घाइते
काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका वकिलहरूमाथि बल प्रयोग गरिएको छ । सर्वोच्च अदालतको गेटमा धर्ना दिन लाग्दा वकिलहरूलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो ।
सोही क्रममा नेपाल बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायीहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे घाइते भएका छन् । घाइते भएका नेपाल बारका कार्यसमिति सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ ।
जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरूले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।
मुख्य गेटमा कानुन व्यवसायीहरूले धर्ना दिँदै आएपछि प्रधान न्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् । अहिले सर्वोच्च परिसरमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ ।
हेर्नुस् भिडिओ: